चैत १६,
नेपाल सरकार ले जनवादी गणतन्त्र चीन सरकारले प्रस्ताव गरेको आर्थिक तथा प्राविधिक सहायता सम्झौता अन्तर्गत प्राप्त हुने अनुदान सहायता र सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययन सम्बन्धी प्राविधिक सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
मन्त्रि परिषद ्को यही चैत १४ गते बसेको बैठक ले गरेका निर्णयहरू सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले चीन सरकार सँग भएको नेपाल मा तेल र ग्यास स्रोत सर्वेक्षण सम्बन्धी कार्यान्वयन सम्झौता को दुई वर्ष समयावधि थप गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
सञ्चार तथा सूचना मन्त्रालय मा आयोजित पत्रकार सम्मेलन मा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले नेपाल र चीन बीच शून्य भन्सार तथा कोटा रहित सुविधा सम्बन्धी आशयपत्र स्वीकृत गर्ने र नेपाल चीन बीच ग्रिड आबद्धता को सम्भाव्यता अध्ययन सम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको बताउनुभयो ।
मन्त्री कार्कीका अनुसार तिलौराकोट कपिलवस्तु क्षेत्र लाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने निर्णय गर




सरकार ले कतार को राजधानी दोहामा यही चैत १२ र १३ मा सम्पन्न दोहा फोरम को २० औँ संस्करणको सम्मेलनमा सहभागी राष्ट्रिय योजना आयोग का उपाध्यक्ष डा. विश्वनाथ पौडेल नेतृत्व को टोलीको भ्रमण समर्थन गर्नाका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग का सचिव तोयम रायमाझी को यही चैत १८ देखि २७ गतेसम्मको भारत भ्रमण स्वीकृत गरेको छ ।



