पुस १३,
सरकारले नेपाल–चीन व्यापार तथा भुक्तानी सम्झौता, १९८१ लाई पुनरावलोकन तथा परिमार्जन गर्न कार्यदल गठन गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सो
सम्झौतालाई पुनरावलोकन तथा परिमार्जन गर्न नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा संयुक्त प्राविधिक कार्यदल गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।






