हिमालय एयरलाइन्सले थाल्यो काठमाडौं–ल्हासा–काठमाडौं उडान, १३६ यात्रुसहित गयो जहाज

२०८० पुष १२, बिहीबार
पढ्ने समय : < 1 मिनेट

पुस १२

हिमालय एयरलाइन्सले काठमाडौं–ल्हासा–काठमाडौं उडान सुरु गरेको छ। कम्पनीले यो रुटमा बिहीबारबाट उडान थालेको हो।
एयरलाइन्सको जहाज १३६ यात्रुसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्हासातर्फ प्रस्थान गरेको छ। उडान शुभारम्भका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदान किराँती पनि त्रिभुवन विमानस्थल पुगेका थिए।

जहाज ल्हासा गोङ्गार विमानस्थलमा अवतरण गर्ने छ। यात्रा अवधि १ घण्टा २० मिनेटको हो। जनवरी १ देखि सातामा हरेक सोमबार काठमाडौं–ल्हासा–काठमाडौं उडान गर्ने एयरलाइन्सले जनाएको छ।

चिनियाँ सहरमा हिमालय एयरलाइन्सको यो पाँचौं उडान गन्तव्य हो। उसले बेइजिङ, चोङकिङ, छिन्ताओ र सांघाईमा नियमितरूपमा उडान गर्दै आएको छ।
कम्पनीले सेवा विस्तारलाई दुई देशबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्ध प्रवर्धन गर्ने प्रतिबद्धता भनेको छ।एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनका १० विभिन्न पर्यटकीय गन्तव्यमा उडान गरी वार्षिक १० लाख पर्यटक नेपाल भित्र्याउनु कम्पनीको मुख्य उद्देश्य भएको बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय