पुस ९
नेकपा माओवादी केन्द्रले चिनियाँ नेता माओ त्से तुङको जन्मजयन्ती मनाउन पार्टी कमिटीहरुलाई निर्देशन दिएको छ।
महासचिव देव गुरुङले माओको १३१ औँ जन्मजयन्ती पुस १० मा मनाउन प्रदेश र जिल्ला कमिटीलाई सर्कुलर गरेका हुन्।



आआफ्नो सापेक्षतामा माओ दिवस कार्यक्रम आयोजना गर्नको लागि पार्टी पंक्तिलाई निर्देशन दिइएको छ। माओ त्से तुङको नेतृत्वमा चीनमा कम्युनिष्ट शासन स्थापना भएको थियो।
माक्र्सवादी, लेनिनवादी विचारधारालाई सैनिक रणनीतिमा जोडिएको सिद्धान्तलाई माओवादको नामले चिनिन्छ।



