नेपालसहित बिआरआइमा आवद्ध १२ देशका प्रतिनिधिलाई चीनमा तालिम

२०८० मंसिर १७, आईतवार
पढ्ने समय : < 1 मिनेट

मंसिर १७

चीनको महत्वाकाँक्षी परियोजना बेल्ट एण्ड रोड (बिआरआइ)मा आवद्ध बिभिन्न मुलुकका प्रतिनिधिहरूको साँघाईमा सेमिनार शुरु भएको छ ।

चीनको वाणिज्य मन्त्रालयले बिआरआइमा हस्ताक्षर गरेका नेपालसहित १२ देशका ३६ जनालाई बोलाएर विशेष सेमिनार आयोजना गरेको हो ।

एक सातासम्म चल्ने सेमिनारमा साँघाई विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले बिआरआई परियोजनाको महत्व,चीनको वर्तमान आर्थिक अवस्था,आर्थिक सहकार्यलगायतका विषयमा विशेष प्रशिक्षण दिने छन् ।

सेमिनारमा नेपाल,श्रीलङ्का, म्यानमार,ब्राजिल,भेनेजुएला, इजिप्ट,पोर्चुगल, भानुआटुलगायत मुलुकका प्रतिनिधि सहभागी छन् ।

चीनलाई विश्वसँग जोड्ने परिकल्पनासहित सन् २०१३ मा स्थापित बिआरआइ सम्झौतामा हालसम्म १५२ देशले हस्ताक्षर गरेका छन् । नेपालले पनि ०१४ मा सो परियोजनामा आवद्धता जनाएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय