नेपाल लाइफ इन्स्योरेन्स भारतीय कम्पनीको मूल्यांकनमा उत्कृष्ट, पायो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड

२०८० मंसिर ८, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

मंसिर ८

नेपाल लाइफ इन्स्योरेन्सले अन्तर्राष्ट्रिय अवार्ड पाएको छ।

दाबी भुक्तानीको अनुपात, चुक्तापुँजी, प्रथम बीमाशुल्क आर्जन र प्रशिक्षणमा गरेको लगानी जस्ता सूचकलाई मूल्यांकन गर्दै इण्डियन चेम्बर अफ कमर्सले नेपाल लाइफ इन्स्योरेन्सलाई इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड प्रदान गरेको हो।

इण्डियन चेम्बर अफ कमर्सले बिहिबार मुम्बइमा गरेको चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले अवार्ड ग्रहण गरे।

नेपालमा लाइफ इन्स्योरेन्सको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै इण्डियन चेम्बर अफ कमर्सले आफूलाई अवार्ड प्रदान गरेको नेपाल लाइफले जनाएको छ।

विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्लुसी इण्डियन इन्स्टिच्युट अफ इन्स्योरेन्स लगायत संस्थाले मूल्यांकन गरेका थिए।

नेपालका बिमा कम्पनीतर्फ आइएमई लाइफ इन्स्योरेन्स दोस्रो भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय