नेपाल भ्रमणमा रहेको चिनियाँ टोली सिंहदरबारमा

२०८० मंसिर ४, सोमबार
पढ्ने समय : < 1 मिनेट

 

मंसिर ४,

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोलीले शिक्षा राज्यमन्त्री प्रमिला कुमारीसँग भेटवार्ता गरेको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा च्याङ्सी प्रान्तीय समितिका उपसचिव नेतृत्वको छ सदस्यीय टोली र राज्यमन्त्री प्रमिलाबीच कुराकानी भएको बताइएको छ ।

छलफलमा चिनियाँ टोलीमा रहेका ईस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका पार्टी कमिटी सचिव च्याङ फुसिङ, च्याङ्सी प्रान्तीय संस्कृति तथा पर्यटन विभागका उपमहानिर्देशक तिङ सिनक्वान, च्याङ्सी प्रान्तीय वाणिज्य विभागका महानिर्देशक छेन च्याङ्गछेङ्ग, विदेशी मुलुकहरूसँगको मित्रताका लागि याङ्सी प्रान्तीय जनसंघका कार्यकारी उपाध्यक्ष तु आन्बो र च्याङ्सी प्रान्तको गान्झाउ म्युनिसिपल पार्टी कमिटी कार्यालयकी निर्देशक शेन जेन सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय