विश्वकै व्यावसायिक सहर सांघाईमा हिमालय एयरलाइन्सको सिधा उडान

२०८० मंसिर ४, सोमबार
पढ्ने समय : < 1 मिनेट

मंसिर ४

हिमालय एयरलाइन्सले चीनमा आफ्नो गन्तव्यमा उडान विस्तार बढाउँदै लगेको छ। नेपाल र चिनियाँ लगानीको हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई–काठमाडौं उडान सुरु गर्न लागेको हो।

अमेरिकाको न्युयोर्कपछि चीनको सांघाई विश्वकै ठूलो आर्थिक केन्द्र मानिन्छ। सांघाईमा विश्वका ठूलठूला कम्पनीका कार्यालयहरू रहेका छन्। हिमालय एयरलाइन्सको सांघाई उडानले नेपाललाई विश्वको दोस्रो ठूलो आर्थिक केन्द्रसँग सिधै जोडेको छ, जसबाट नेपालले आर्थिक तथा व्यावसायीक लाभ लिन सक्ने बताइएको छ।

हिमालय एयरलाइन्सका अनुसार डिसेम्बर २ बाट नियमित उडान सुरु गर्ने जनाएको छ। एयरलाइन्सले काठमाडौं–संघाई उडान नेपाल र चीनबीच कनेक्टिभीटी बढाउने सहयोग पुग्ने बताएको छ।

हिमालयले सुरुमा हप्ताको एक उडान गर्ने र डिसेम्बर २७ पछि हप्ताको २ उडान गर्ने जनाएको छ। हरेक बुधबार र शनिबार उडान गर्ने छ।

कम्पनीले हाल बेइजिङ र क्विङडाओमा नियमित उडान गरिरहेको छ। जनसंख्याको हिसाबले चीनको राजधानी बेइजिङ भन्दापनि ठूलो सहर सांघाई हो। डिसेम्बर भित्रै चोङक्विङमा उडान गर्ने तयारी गरेको छ।

‘डिसेम्बर २ बाट सांघाईमा नियमित उडान हुन्छ,’ हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘डिसेम्बर अन्तिमबाट चोङक्विङसहित ४ वटा गन्तब्यमा नियमित उडान हुन्छ।’

हिमालय एयरलाइन्ले सांघाई–काठमाडौंमा मुख्यत चिनियाँ पर्यटक हुने विश्वास गरेको छ। कोभिड माहामारीको समयमा चीनबाट पर्यटक आगमन घटेकोमा २०२३ मा पर्यटक आगमन बढ्दै गएको छ। अक्टुबरमा चीनबाट ६ हजार ८८० पर्यटक नेपाल भित्रिएका थिए।

‘सांघाई व्यावसायिक सहर हो। मुख्यत चिनियाँ पर्यटक नै बढी यात्रु हुन्छन्। दोस्रोमा व्यवसायी हुन्छन्,’ श्रेष्ठले भने, ‘यात्रुको आउजाउ बढ्दै गएकाले नयाँ गन्तव्यमा यात्रुको कमि हुँदैन।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय