भारतद्वारा भूकम्प पीडितका लागि तेस्रो चरणको राहत सामाग्री सहयोग

२०८० कार्तिक २४, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

कार्तिक २४

भारतले भूकम्प पीडितका लागि तेस्रो चरणको राहत सामाग्री प्रदान गरेको छ । बिहीबार भारतीय वायुसेनाको सी–१३० विमान भूकम्प पीडितका लागि तेस्रो चरणको १२ टनभन्दा बढी राहत सामाग्री लिएर नेपाल आएको हो ।
राहत सामाग्रीमा कम्बल, स्लीपिङ्ग ब्याग, त्रिपाल, अत्यावश्यक चिकित्सा सामाग्री रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
यसअघि भारतले त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ्ग ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरण उपलब्ध गराएको थियो ।

नेपालको प्रमुख विकास साझेदार भएकाले भारत सदैव सहयोग गर्न तयार रहेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय