राष्ट्रपति पौडेलसँग चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सचिव वाङ छुङछेङको भेटवार्ता

२०८० कार्तिक २३, बिहीबार
पढ्ने समय : < 1 मिनेट

कार्तिक २३

चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

सो भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
राष्ट्रपति पौडेलले जाजरकोट भूकम्पपीडितका लागि चीन सरकार र चिनियाँ जनताको तर्फबाट प्राप्त सहयोगप्रति आभार प्रकट गरे।

नेपालको पाँचदिने भ्रमणका लागि वाङ बुधबार काठमाडौँ आएका हुन ।

अघिल्लो महिना प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाँदा तिब्बतमा उनलाई वाङले नै स्वागत गरेका थिए।

भेटघाटका क्रममा प्रधानमन्त्री प्रचण्डले उनलाई नेपाल भ्रमण गर्न निम्तो दिएका थिए। सोही निम्तो स्वीकार गर्दै उनी नेपाल भ्रमणमा आएका हुन्।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय