चीनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधि मण्डल काठमाडौंमा

२०८० कार्तिक २२, बुधबार
पढ्ने समय : < 1 मिनेट

कार्तिक २२

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ लगायतको टोली नेपाल आइपुगेको छ । पाँच दिने भ्रमण योजनासाथ आएको टोली केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको छ ।
उक्त टोलीलाई राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले स्वागत गरेकी छन ।

वाङको भ्रमण दलमा नेपाल मामिला हेर्ने चिनियाँ निकायका प्रतिनिधि पनि सहभागी छन् । उक्त भ्रमण दलले प्रधानमन्त्री पुष्पकमल दाहाल, विभिन्न दलका नेताहरूसँग भेटघाट गर्नेछन् ।
चिनियाँ नेता वाङ शुक्रबार पोखरा गएर त्यहाँका मुख्यमन्त्रीसँग भेट्ने साथै चीन–नेपाल सांस्कृतिक आदान प्रदानसम्बन्धी परियोजनाको निरीक्षण गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय