केदारनाथ दर्शन गर्न जाने वीरगंजका युवाहरु बढ्दै

२०८० कार्तिक १९, आईतवार
पढ्ने समय : < 1 मिनेट

कार्तिक १९

भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक स्थल केदारनाथ दर्शन गर्न जाने नेपालीको सङ्ख्या बढ्दै गएको छ ।

यस क्रममा वीरगंजका युवाहरूको एक समूह पनि केदारनाथ दर्शनको लागि पुगेको छ । केदारनाथ दर्शनको लागि पुगेको समुहले त्यहाँ नेपालको राष्ट्रिय झन्डा समेत फहराएको छ ।

यस अघि दशैंको समयमा पनि वीरगंजका युवाहरुको समुह केदारनाथ दर्शनको लागि पुगेको थियो ।

केदारनाथ भ्रमण टोलीमा वीरगंजका विष्णु पटेल, साजन पटेल, प्रकाश ठाकुर, अमित पटेल, कृष्ण पटेल र शत्रुघन पटेल रहेका छन् ।

उत्तराखण्डको हिमालय पर्वतको काखमा रहेको केदारनाथ मन्दिर बाह्र ज्योतिर्लिङ्गमा समावेश छ । चार धाम मध्येको एक केदारनाथ पनि हो ।

यहाँको प्रतिकूल हावापानीका कारण केदारनाथ मन्दिर अप्रिलदेखि नोभेम्बरसम्म मात्रै दर्शनका लागि खुला हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय