चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार नेपाल आउने विदेशमन्त्री ले ओली र प्रचण्डलाई पनि भेट्ने

२०७८ चैत्र ७, सोमबार
पढ्ने समय : < 1 मिनेट

चैत ७
चिनियाँ विदेशमन्त्री वाङ यी ले नेपाल भ्रमणका क्रममा पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ विदेशमन्त्री यी आगामी शुक्रबार काठमाडौं आइपुग्ने छन् । भ्रमणका क्रममा उनले राष्ट्रपति विधादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने छन् ।
नेपाल र चीन बीच शनिबार द्विपक्षीय वार्ता हुनेछ । द्विपक्षीय वार्तामा नेपाली टोली को नेतृत्व परराष्ट्रमन्त्री नारायण खड्काले गर्नेछन् भने चिनियाँ टोलीको नेतृत्व विदेशमन्त्री यी ले गर्ने छन् ।

नेपाल बसाईका क्रममा चिनियाँ विदेशमन्त्रीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई समेत भेट्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय