एमसीसीको विषयमा चिनियाँ नेता र माधव नेपाल बीच सम्वाद नेपाली भूमिमा कसैलाई चीनविरोधी गतिविधि गर्न नदिनेः नेपाल

२०७८ फाल्गुन १२, बिहीबार
पढ्ने समय : < 1 मिनेट

 

 

फागुन १२
चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपप्रमुख चेङ झाउ ले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल सँग एमसीसीबारे चासो राखेका छन्। उपप्रमुख झाउ ले भर्चुअल सम्वाद गरी नेपालसँग एमसीसीबारे चासो राखेका हुन्।

सम्वादका क्रममा उनले नेपाली जनता ले स्वतन्त्र रुपमा चाहेको विकास परियोजनामा लगानी गर्न चीन तयार रहेको बताएका थिए।

यता नेकपा एसका अध्यक्ष नेपालले एक चिनियाँ नीति प्रति नेपाल प्रतिबद्ध रहेको र नेपालमा ’एन्टी चाइना’ गतिविधि हुन नदिने प्रतिबद्धता जनाएका थिए।

बुधबार मात्रै चीनको विदेश मन्त्रालयकी प्रवक्ताले एमसीसीलाई लिएर कडा टिप्पणी गरेकी थिइन्। उनले अमेरिकाले एमसीसीलाई ’अल्टिमेटम सहितको कस्तो उपहार हो’ भन्दै आश्चर्य भएको बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय