१० फागुन



प्रवेशाज्ञा (भिसा)को दुरुपयोग गरी एप्स मार्फत चिनियाँ नागरिकहरुले अवैध ढंगले भारतीय हरु लाई ऋण दिने गरेको खुलासा भएको छ ।
नेपालको अध्यागमन कानून अनुसार पर्यटक भिसाबाहक विदेशीहरुले अन्य काम गर्न पाउँदैनन् । प्रहरीले मंगलबार गरेको छुट्टाछुट्टैे दुई अप्रेसनमा दुई चिनियाँ नागरिक सहित ११८ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले गएराती काठमाडौंको मध्य बानेश्वर बाट एक चिनियाँसहित ३७ जना र मंगलबार भक्तपुरको ठिमी क्षेत्रबाट अर्का एक चिनियाँसहित ८१ जनालाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरिक्षक राजु पाण्डेले एक चिनियाँ सहित ८१ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।
पक्राउ पर्नेमा ग्राहक र इन्टरप्रेटर (अनुवादक) गरेर ४८ जना महिला र चिनियाँ सहित ३३ जना पुरुष छन् ।
उनीहरुले कल सेन्टर सञ्चालन गरेर एप्स मार्फत ठगी गर्दै आएका थिए । ‘उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ,’ प्रहरी नायब उपरिक्षक पाण्डेले भने, ‘डेक्सटप आइप्याड लगायत विभिन्न उपकरणहरु बरामद भएको छ ।’



