छिमेकी मुलुक चिनिया नयाँ वर्ष मा अन्तरक्रिया

२०७८ माघ १७, सोमबार
पढ्ने समय : 2 मिनेट

 

माघ १७
भैरहवा
छिमेकी मित्र राष्ट्र चीन को नयाँ वर्षको अवसर मा नेपाल चीन मैत्री समाज लुम्बिनी ले भैरहवा मा अन्तरक्रिया एवं शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
चीन ले अंग्रेजी वर्षको फरवरी १ तारिख लाई नयाँ वर्ष तथा राष्ट्रिय दिवस का रुपमा मनाउने गर्दछ ।
कार्यक्रम मा बोल्ने वक्ताहरुले विश्व कै बलियो अर्थतन्त्र र सबै भन्दा धेरै जनसंख्या भएको नजिकै को छिमेकी मुलुक चीन संग को सम्बन्ध अझ बलियो र जनस्तर मा विस्तार गरी नेपाल ले लाभ लिन सक्नुपर्नेमा जोड दिएका छन ।

सिद्धार्थनगर नगरपालिका की उपप्रमुख उमा काफ्ले ले लुम्बिनी र बुद्धिजम लाई छिमेकी देश चीन संग को सम्बन्धको प्राथमिकतामा राखेर चिनिया बौद्धमार्गी लाई लुम्बिनी भ्रमण मा ल्याउन सबैले भूमिका खेल्नुपर्ने बताउनु भयो ।
करिब डेढ अर्ब जनसंख्या भएको चीनमा बौद्धमार्गीको बाहुल्यता भएकाले उनी हरु लाई नेपाल मा आकर्षित गरी पर्यटन बाट लाभ लिन सकिने उप प्रमुख काफले को भनाइ रहेको थियो ।
नेपाल चीन मैत्री समाज लुम्बिनी का अध्यक्ष नारायण प्रसाद सापकोटा ले चीन नेपाल को असल र सहयोगी छिमेकी भएको उल्लेख गर्दै चिनिया राष्ट्रपति सी जिन फिङ को कुशल नेतृत्व, चिनिया जनता को मेहनत र अनुशासन तथा चीन को आर्थिक प्रगतिबाट नेपाल ले पाठ सिक्नुपर्ने बताउनु भयो ।
अध्यक्ष सापकोटा ले चिनियां नयाँ वर्ष र चीन ले आयोजना गर्न लागेको ओलम्पिक प्रतियोगिता को सफलताको शुभकामना समेत दिनु भएको छ ।

कार्यक्रम मा सिद्धार्थ साहित्य परिषद का अध्यक्ष डिल्लीराज भट्टराई, साहित्यकार विजय सागर श्रेष्ठ, समाज का महासचिव मनिष जोशी, कोषाध्यक्ष जनकराज पन्त लगायत ले चीन ले नयाँ वर्ष र राष्ट्रिय दिवसमा आफ्ना नागरिक लाई एक साता विदा दिने हुँदा सो विदाको अवधिमा चिनिया नागरिक लाई लुम्बिनी भ्रमणमा आकर्षित गर्नेतर्फ नेपाल सरकार को ध्यान जानु पर्ने सुझाव दिनु भयो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय