नेपाली भूमिमा भारतीय गणतन्त्र दिवस मनाउनु आपत्तिजनक ः ग्रेटर नेपाल

२०७८ माघ १३, बिहीबार
पढ्ने समय : < 1 मिनेट

 

माघ १३
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपाली भूमिमा भारतको ७३ औं गणतन्त्र दिवस मनाएको भन्दै त्यसप्रति आपत्ति जनाएको छ । मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले एक विज्ञप्ति जारी गर्दै यसले नेपाली जनताको राष्ट्रवादी भावनामाथि चोट पुर्याएको बताएका छन् । विज्ञप्तिमा भारतीय जनताहरुलाई ७३ औं गणतन्त्र दिवसको शुभकामना दिँदै मोर्चाले भारतले नेपालको भौगोलिक अखण्डतामा निरन्तर धावा बोलिरहेकोमा यस्तो आपराधिक गतिविधि रोक्न आफ्नो सरकार लाई दबाब दिन समेत आग्रह गरेको छ ।
भारतले नेपालविरुद्ध गरेका अमानवीय, असहिष्णु र कुटनीतिक मर्यादा विपरितका व्यवहारको लामो सूची बनाउन सकिने बताउँदै मोर्चाद्वारा जारी विज्ञप्तिमा भनिएको छः ‘पछिल्लोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले लिपुलेकमा भारत ले सडक विस्तार गरिरहेको भनेर नेपालको भौगोलिक अखण्डतामा प्रहार गरेको विषयलाई सम्पूर्ण नेपालीले अत्यन्तै आपत्तिजनक ठानेका छन् । मोदीको यो अभिव्यक्ति गैरजिम्मेवारीपनको पराकाष्ठा, साना राष्ट्रमाथि ठुला राष्ट्रहरुको बलमिच्याई र सैनिक आतंक हो ।’

मोर्चाले भारतको यस्तो व्यवहारबाट नेपाली जनताको नेपाली जनताको मनमा ठूलो चोट पुगेकोतर्फ इन्डियाली सरकारको तत्काल ध्यान जाओस् भन्ने आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय