माघ ९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगत मै टुंगिसकेको चीनसँगको सीमाको प्रश्नमा एकतर्फी रूपमा छानबिन समिति बनाएको सरकारले समितिको प्रतिवेदन लाई गुपचुप राखेर छिमेकी राष्ट्रसँगको सम्बन्धमा आशङ्का र अविश्वास पैदा गर्ने काम गरिरहेको बताएका छन ।
हुम्ला को लोलुङ जोङमा चिनियाँ पक्षले भौतिक संरचना निर्माण र १२ नम्बर सीमा स्तम्भ चीनले एकतर्फी पुनःनिर्माण गरे पछी हुम्ला मा व्यापक बिरोध हुदै आएको थियो । बिरोध भए पछी सीमास्तम्भ अध्ययन गर्न सरकार ले सीमा अध्ययन टोली गठन गरेको थियो ।
सरकार ले सीमा स्तम्भ को स्थलगत अध्ययन गर्न गृह मन्त्रालय का सहसचिव जयप्रसाद आचार्यको सयोजकत्व मा ६ सदस्यीय टोली गठन गरेको थियो ।
सदस्यहरुमा उमेशराज जोशी, किशोरकुमार श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डैगोल, दयानन्द जोशी र कपिल कटवाल रहेका थिए।
अध्ययन टोली ले आफनो प्रतिबेदन सरकार लाई बुझाए पनि अहिले सम्म सरकार ले त्यो प्रतिवेदन सार्वजनिक गरेको छैन ।



—यस्तै ओली ले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायत नेपाली भू–भागमा एकतर्फी संरचना निर्माण गरिरहँदा पनि सरकारले आफ्नो अडान स्पष्ट पार्न नसकेको बताएका छन् ।
उनले भारतले एकतर्फी रुपमा संरचना निर्माण गरिरहँदा नेपालको अडान स्पष्ट पार्न समेत नसक्ने सरकारले निरीहता प्रकट गरिरहेको बताएका हुन् ।
ओलीले आइतबार विज्ञप्ति जारी गर्दै वर्तमान सरकार नेपालको राष्ट्रिय हितमाथि निरन्तर आँच पुगिरहँदा पनि मूक दर्शक बनेको आरोप लगाएका छन् । उनले भनेका छन्,’ अहिले मुलुकको बाह्य सम्बन्धमा गम्भीर असन्तुलन र विचलनहरू देखा परेका छन् । राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर स्वतन्त्र र सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्नेमा विदेशीहरूका लागि ’कम्फर्टेबल’ बन्ने वचनबद्धतासहित गठन भएको सरकार नेपालको राष्ट्रिय हितमाथि निरन्तर आँच पुगिरहँदा पनि मूकदर्शक बनेको छ ।’
यस्तै, भारतसँग ऐतिहासिक सन्धि दस्तावेज र प्रमाणका आधारमा सीमा विषय टुंगो लगाउन सार्थक पहल नगरेको ओलीले बताएका छन् । ओलीले भारतीय सुरक्षाकर्मीद्वारा तुइन चुँडाइएर महाकालीमा बेपत्ता पारिएका जयसिंह धामी प्रकरणमा पनि सरकार लाचार बनेको उल्लेख गरेका छन् ।
एमसीसीको विषयमा सरकारको आधिकारिक धारणा पनि दिन नसकेको ओलीले बताएका छन् । उनले सत्ता गठबन्धनकै नेताहरूका कारण विकास परियोजनालाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन भूमिका खेलेको बताएका छन् । ओलीले विज्ञप्तिमा भनेका छन्,’अमेरिकी अधिकारीहरूसँग एक खालको र आफ्ना कार्यकर्तासँग बेग्लै खालको कुरा गर्ने गठबन्धन नेताहरूले द्वैध भूमिका खेलिरहेका छन् र जनतालाई दिग्भ्रमित पारिरहेका छन् । उनीहरूले हिजो आफैले हस्ताक्षर गरेको सम्झौता ठीक थियो कि थिएन भनेर पाँच वर्षपछि अध्ययन कार्यदल बनाउने जस्ता हास्यास्पद र कच्चा काम गरिरहेका छन् ।’



