कालापानी बारे भारत का प्रधानमन्त्री मोदीको भनाई खेद जनक रहेको उप सभापति गुरुङ को भनाई

२०७८ पुष ३०, शुक्रबार
पढ्ने समय : 2 मिनेट

 

पुस ३०
भैरहवा
नेपाली काँग्रेस का उप सभापति धनराज गुरुङले लिपुलेक, कालापानी र लिम्पियाधुरा को समस्या समाधान गर्न सरकार लाई आग्रह गर्नु भएको छ् ।
नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर तीन ले शुक्रबार भैरहवा मा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रम मा बोल्दै उप सभापति गुरुङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले नेपालको भूमि हो भनेर जान्दा जान्दै लिपुलेक सम्म सडक बनाउँदै छौं भन्नु खेदजनक र भत्र्सना जनक अभिव्यक्ति भएको टिप्पणी समेत गर्नु भएको छ ।
‘भारतीय प्रधानमन्त्री मोदीले नेपाली भूमि माथि दावा गरिरहँदा समेत सरकार चुप लागेको भन्दै , गुरुङ ले ‘कुटनीति नोट मार्फत् समस्या समाधान गर्नुपर्ने बताउनु भयो ।
एप सभपति गुरुङले इतिहास को तथ्यलाई हेर्ने हो भने कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाल कै भूमि भएको र ऐतिहासिक दस्तावेज ले पनि नेपालकै भएको पुष्टि गरेको बताउनु भयो ।

केही दिन अघि भारतीय प्रधानमन्त्री मोदी ले कालापानी, लिपुलेख सम्म सडक बनिरहेको बताउनु भएको थियो ।
गुरुङले अब समस्या समाधान गरी सधैंका लागि हाम्रो भूमि फिर्ता लिनुपर्ने बताउनु भएको छ ।
विगतमा नेपाल सरकारले नक्सा जारी गरे पनि पाठ्यक्रम मा छाप्न भने थरथरी कापेको गुरुङले आरोप समेत लगाउनु भयो ।

सुस्ता देखि कालापानी सम्म नेपाली भूमि मिचिएको भन्दै यस बारे पटक–पटक आफूले पार्टी र सरकार को ध्यानार्षण गराएको गुरुङले बताउनु भयो ।

पछिल्लो समय एमसीसी समस्या बल्झिँदै गएको भन्दै गुरुङ ले सर्वदलीय संयन्त्र बनाएर समाधान गर्नुपर्ने धारणा राख्नु भएको छ । एमसीसी भूराजनीति सँग जोडिएकाले यसलाई राजनीतिक दाउपेच बनाउन नहुने गुरुङको जोड रहेको छ ।

उपसभापति गुरुङ ले मुलुकको विकास नहुनु एउटा पनि असल नेता नहुनुको कारण भएको समेत बताउनु भयो ।
पछिल्लो समय मुलुकमा भ्रष्टाचारले जरो गाडेको र ठूला नेता फस्ने भ्रष्टाचार काण्डमा अख्तियार ले फाइल थन्क्याउने गरेको गुरुङ को आरोप रहेको छ ।
नेता गुरुङले वाइडबडी, यति, ओम्नी, रेक्युरिटी प्रिन्टिङ प्रेस खरिद जस्ता काण्डमा अनुसन्धान जरुरी रहेको धारणा राख्नु भएको थियो ।
नेपाली काँग्रेस केन्द्रिय सदस्य अब्दुल रज्जाकले एमसीसी सम्झौता मा धेरै नागरिकको विमती रहेकाले पार्टीले विचार गरेर मात्रै संसद बाट पास गराउनु पर्ने धारणा राख्नु भएको छ ।
रज्जाकले पार्टीको चुनावमा देखिएको गुटगत राजनीति विर्सेर आउँदो तीन तहका निर्वाचन मा काँग्रेसले जित निकाल्नु पर्ने बताउनु भयो।

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले कांग्रेस लाई अझ गतिशिल र शक्तिशाली बनाउन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रम मा संविधान सभा सदस्य जन्नतुन निसा, लुम्बिनी प्रदेश सभा सदस्य पुष्पा थरुनी, महाधिवेशन प्रतिनिधि बुद्धिराम हरिजन, कांग्रेस रुपन्देही जिल्ला सदस्य रामेश्वरी सिंह, क्षेत्र नम्बर ३ (क) का सभापति सुरेन्द्र जंग थापा, सिद्धार्थनगर–१२ का बुथ सभापति हरिराज विष्ट लगायत ले बोल्दै कांग्रेस एकता बद्ध रुपमा अगाडी बढ्नुपर्ने बताउनु भयो ।

कांग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशिल गुरुङ को सभापतित्व, क्षेत्रीय सचिव भवानी प्रसाद शर्माको स्वागत तथा अर्का सचिव लेखनाथ भट्टराईको सञ्चालन मा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय