उपचारमा छुट सुविधा सहित भैरहवा मा अर्बन डेन्टल क्लिनिक सञ्चालन मा

२०७८ पुष २७, मंगलवार
पढ्ने समय : 2 मिनेट

 

पुस २७
भैरहवा–
सेवा सुरु गरेको अवसर पारेर विशेष छुट सुविधा सहित रुपन्देहीको भैरहवामा अर्बन स्माइल्स डेन्टल क्लिनिक सञ्चालनमा ल्याइएको छ ।

भैरहवा स्थित नारायणपथमा संचालनमा ल्याइएको क्लिनिकमा दाँतको एक्सरे, दाँत सफा गर्ने, पोलिस गर्ने, दाँतमा रंग भर्ने, दाँत सेतो बनाउने, दाँतमा गहना लगाउने, दाँतमा क्राउन र पुल, रुट केनल विधिको उपचार, डेन्टल इम्प्लान्ट (दन्त प्रत्यारोपण), अर्थोडेन्टिक उपचार, दाँतको बीच भागको फिलिङ, सुन्निएको गिँजाको उपचार, गिँजाको पिप फाल्ने, बालबालिकाको दन्त उपचार, बुद्धि बंगाराको उपचार एवं फाल्ने लगायतका सेवा उपलब्ध रहेको प्रबन्ध निर्देशक डा.जुही अग्रवालले जानकारी दिइन् ।

भैरहवामा पत्रकार सम्मेलन गरी संचालकले विशेषज्ञ सुविधासहित दाँत उपचार सेवा सुरु गरिएको बताएका हुन् । सेवा सुरु गरेको अवसरमा दाँत उपचारमा आउनेहरुका लागि माघ महिनाभर १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । ‘हामीले यो सुविधा फ्लोअपमा आउनेहरुका लागि पनि दिएका छौं । यस्ता विरामीलाई छुट्टै सुविधा, विशिष्टीकृत सेवा दिनेछौं’, अग्रवालले भनिन् ।

दाँतको उपचार खर्च न्युनतम र आम सर्वसाधारणको पहुँचमा रहने संचालकले जनाएका छन् । क्लिनिकबाट सेवा सुरु गरेको अवसर पारेर माघको ८ गतेबाट प्रत्येक शनिबार बिहान निःशुल्क डेन्टल क्याम्प समेत लगाउने र यसबाट सर्वसाधारणले थप फाइदा लिने विश्वास गरिएको छ । यसका लागि विभिन्न संघसंस्था, विद्यालयहरुलाई सेवा लिन संचालकले आग्रह गरेका छन् ।

क्लिनिकमा प्रबन्ध निर्देशक एवं दन्त चिकित्सक अग्रवालसहित विशेषज्ञ टीमले सेवा दिनेछन् । ‘विशिष्टीकृत सेवाका लागि एम.डीएस. डा. सिनिग्धा सुभम् र रभिस मिश्राको टिम पनि हुनुहुन्छ’, अग्रवालले भनिन्, ‘दाँतको जुनसुकै समस्या उहाँहरुबाट उपचार र समाधान हुन्छ ।’

भैरहवा र यस आसपासका क्षेत्र साथै छिमेकी जिल्लाहरु कपिलवस्तु, नवलपरासीका सर्वसाधारणका लागि उपलब्ध गराउने लक्ष्यसहित अर्बन स्माइल्स डेन्टल क्लिनिक सुरु गरेको संचालकको भनाई छ । ‘दाँतको सुरक्षालाई नै मध्यनजर गरी बढी भन्दा बढी सर्वसाधारणलाई गुणस्तरीय दन्त सेवा प्रवाह गर्ने लक्ष्यसहित क्लिनिकको सुरु गरिएको हो’, क्लिनिकका संरक्षक समेत रहेका उद्योगी व्रिजेशकुमार अग्रवालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय