पुस १२
झापा जिल्लाको किसानहरुले मलखाद्य उपलब्ध गराउने लगायतको माग राखी बिरोध प्रदर्शन गरेका छन ।
झापाको सुरुंगा मा स्वतन्त्र युवाहरुको समुहले कृषकहरुको मुद्दालाइ उठान गर्दै प्ले कार्ड देखाएर सांकेतिक रुपमा दवाब दिएका हुन । युवक भुवन खतिवडाको नेतृत्वमा दावा लामा, सरोज भेटुवाल लगायतको सकृयतामा दवावमुलक कार्यक्रम गरिएको छ ।
कृषकलाई मल बिऊ सहज रुपमा उपलब्ध गराउनुपर्ने, कृषि बिमाको व्यवस्था गर्नुपर्ने माग युवाहरुले उठाएका छन । अहिलेको परिवेशमा युवाहरु कृषि तर्फ आकर्षित भएपनि समयमा मल, बिऊ नपाउने, कुनै प्रकारको क्षति भएमा राहत सो को परिणाम राज्यले लिनुपर्ने माग गर्दै अविलम्ब सो को व्यवस्था गर्न माग गर्दै युवाहरु आन्दोलित भए । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्रराय यादवले रासायनिक मलको विकल्पमा प्राङगारिक मल प्रयोग गर्न सुझाव दिएका थिए ।
केही दिन अघि कृषि मन्त्री यादवले रासायनिक मलको स्थानमा प्राङगारिक मलको प्रयोग गर्न सुझाव दिएका थिए ।
अहिले सत्तामा रहेको जसपाका अध्यक्ष उपेन्द्र यादवले समेत कृषकहरु को पिडा नबुझनु र राजनीतिक भाषण मात्रै गरेको किसान हरु ले आरोप लगाउछन ।
जसपाले कृषि मन्त्रालय सहित अरु मन्त्रालय पाएको छ तर मन्त्री सम्म मात्र सिमित भएका छ्न । अहिले मन्त्री महेन्द्र यादवले भने अनुसार सत्य लुकाउने प्रयास गरेका हुन । उनले चिनियाँ दूतावास र बाङ्लादेशलाई समेत अनुरोध गरे तर मल किन आई रहेको छैन के यो नेपाल सरकारको कमि हो मधेसका जनता धेरै जसो कृषिमा आधारित रहदै आएका छ्न । तर मधेसी पार्टीकै मन्त्री हुँदा समेत जनतालाई मलको अभावले जनताहरु पीडित हुँदै गएका छन । 






