पुर्खाले बनाएको गौरव फिर्ता लिने स्वतन्त्र उम्मेदवार खड्काको भनाई

२०७९ कार्तिक २१, सोमबार
पढ्ने समय : < 1 मिनेट

कार्तिक २१

– क्रस खुकुरी चुनाव चिन्ह लिएर रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा मा स्वतन्त्र उम्मेदवार बनेका केशवविक्रम खड्काले आफ्नो लक्ष्य समृद्ध मुलुक निर्माणसँगै पुर्खाले आर्जेको गौरव फिर्ता लिनु रहेको बताएका छन् । उनले नेपालको इतिहास र पुर्खाको गौरव कहिल्यै विर्सिन नहुने बताए । सोमबार निर्वाचन क्षेत्रका विभिन्न स्थानमा आयोजित मतदाताहरुसँगको छलफलमा स्वतन्त्र उममेदवार खड्काले यस्तो बताएका हुन् ।

उनले नेताहरुकै अक्रमण्यताका कारण मुलुक गरिबीको रेखामुनी पुगेको र पुर्खाको विरासत खुम्चिएको जनाए ।

‘एकपटक विश्वास गर्नुस्, काम गर्ने अवसर दिनुस’, उनले मतदाताहरुलाई आग्रह गर्दै भने, ‘पुर्खाले आर्जेको विरासत, स्वाभिमान, आत्मसम्मान र स्वतन्त्रता फर्काएर मुलुकलाई पहिलेकै अवस्थामा पुर्याउन भूमिका खेल्छु ।’ विगतमा नेपाल धेरै कुराहरुमा आत्मनिर्भर भएको र बीर गोर्खाली भनेर सबैले नेपालीहरुको सम्मान दिने भए पनि आज परनिर्भरता र गरिबीले मुलुक चपेटामा परेको खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय