निर्वाचित भए कुनै सेवासुविधा नलिई देश र जनताको सेवामा लाग्ने खड्का को प्रतिबद्धता

२०७९ कार्तिक २१, सोमबार
पढ्ने समय : < 1 मिनेट

कार्तिक २१
रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा मा क्रस खुकुरी चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका स्वतन्त उम्मेदवार केशवविक्रम खड्काले आफू निर्वाचित भएपछि कुनै पनि सरकारी सेवासुविधा नलिई जनताको सेवामा खटिने प्रतिबद्धता जनाएका छन् । आइतबार निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा मतदातासँग कुराकानी गर्दै खड्काले आफ्नो लक्ष राष्ट्र बनाउने र नागरिकको जीवनस्तर उकास्ने भएको बताउँदै निर्वाचित भए सरकारी सेवासुविधा नलिने घोषणा गरेका हुन् ।

‘म मेरै गाडी चढेर, आफ्नै पैसाले तेल हालेर, आफ्नो खाना खाएर, आफ्नै घरमा बसेर राष्ट्र र जनताको सेवा गर्छु, काम गर्नेछु’, उनले मतदातासँग भने, ‘यो मेरो बाचा हो, यसमा कत्ति पनि विचलित हुँदैन, एकपटक अवसर दिनुस् ।’ उनले नेताहरुले सत्तामा पुगेपछि अकुत सम्पत्ति कमाउने, भ्रष्टाचार गर्ने र राष्ट्रलाई खोक्रो बनाउने काम गरेको जनाउँदै अब त्यस्ता नेताहरुलाई कहिल्यै निर्वाचन लड्ने आँट नगर्ने गरी जनताले आफ्नो मताधिकारबाट दण्डित गर्नुपर्ने बताए ।

खडकाले जनताको अवस्था जहाँकोतही रहेको र नेताको अवस्था दिनदिनै परिवर्तन भइरहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय