भैरहवा को गौतम बुद्ध र पोखरा विमानस्थल बनाइरहेका चिनियाँ कम्पनी एडीबीको कालो सुचीमा,

२०७८ पुष ९, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

पुस

चीनका प्रमुख निर्माण कम्पनी हरू लाई अखण्डता नियम उल्लङ्घन गरेकोमा एसियाली विकास बैङ्क (एडीबी) ले कालोसूचीमा राखेको छ ।
चाइना सीएमसी इन्जिनियरिङ कम्पनी, नर्थवेष्ट नागरिक उड्डयन विमानस्थल निर्माण समूह र चाइना हार्बर इन्जिनियरिङ कम्पनी लाई एडीबीले कालो सुचीमा राखेको हो । त्रिभुवन विमानस्थलको थप पूर्वाधार निर्माणका लागि १० अर्ब रुपैयाँको आयोजनामा यी कम्पनीलाई रोक लगाइने भएको हो ।
त्रिभुवन विमानस्थलको थप पूर्वाधार निर्माणका लागि १० अर्ब रुपैयाँको आयोजनाका लागि करिब दुई दर्जन कम्पनीले बोलपत्र खरिद गरे पनि चार चिनियाँ कम्पनीले मात्रै पेस गरेका थिए । तीमध्ये दुई चाइना सीएमसी इन्जिनियरिङ कम्पनी र नर्थवेष्ट नागरिक उड्डयन विमानस्थल निर्माण समूह र चाइना हार्बर इन्जिनियरिङ कम्पनीको जोइन्ट भेन्चर कालो सुचीमा परेपछि अर्का दुई कम्पनी मात्रै विकल्पमा रहेका छन् ।
अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चाइना सीएमसी इन्जिनियरिङ कम्पनी सन् २०२२ को अप्रिलसम्मका लागि एडीबीको कालो सुचीमा रहेको छ ।
यस्तै भैरहवा को गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको नर्थवेष्ट नागरिक उड्डयन विमानस्थल निर्माण समूह अनिश्चित समयका लागि कालो सुचीमा रहेको छ । यस्तै चाइना हार्बर इन्जिनियरिङ कम्पनीलाई एडीबीले सन् २०२३ सम्मका लागि कालो सुचीमा राखेको छ ।
यद्यपि, अहिले नेपालमा चलिरहेका आयोजनाका हकमा यी प्रतिबन्ध लागु नहुने भएका छन् । त्रिभुवन विमानस्थलको थप निर्माण कार्यका लागि छानिएका अर्का दुई कम्पनी केडीएन एयरपोर्ट र चाइना सिभिल इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेशनको जोइन्ट चेन्चर र चीन प्रवासी इन्जिनियरिङ समूह हो।
छानिएकामध्ये २ कम्पनी एडीबीको कालो सुचीमा परेर विवादित भएसँगै त्रिभुवन विमानस्थलको थप निर्माण परियोजनामा ढिलाइ भएको छ । यो परियोजनामा एडीबीले १० अर्ब लगानी गर्दै छ ।
सन् २०२१ को अक्टोबर बाटै सुरु हुने भनिएको योजना प्रक्रियाका विषयमा एडीबीसँग छलफल भइरहेको छ । एडीबीसँगको छलफलपछि कालो सुचीमा नपरेका दुई कम्पनीमध्ये एक छानिएर काम अघि बढ्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय