नेपाल भारत सम्बन्ध रोटी बेटी को सम्बन्ध रहेको सबै कुरा ले स्पष्ट रहेको छ ।
कोरोना कहर होस या नाकाबन्दी मा पनि भारत बाट खाधान्न,तरकारी र पेट्रोलियम पदार्थ को आयात मा रोक लगाएन मानविय नाता ले भारत ले नेपाली जनता को प्रत्यक्ष जिवन मा असर पर्ने कुनै पनि वस्तु आयात मा रोक लगाएन । कोरोना कहर मा सबै भन्दा पहिला १० लाख डोज कोरोना बिरुद्ध को भ्याक्सिन पठाएर ठुलो गुन लगाएको थियो । मलको हाहाकार हुदा नेपाल ले चिन सरकार सग मल खरिदका लागी अनुरोध गर्दा समेत चिन सरकार ले वास्ता नगर्दा त्यस बखत भारत सरकार ले अनुदान मा मल खाद उपलब्ध गराएर ठुलो सहयोग गरेको कृषी विज्ञ बताउछन । नेपाल भारत को सदियौ देखीको सम्बन्ध लाई केही राजनितिक तत्व ले बेला बेला बिगार्ने कोसिस गर्ने गर्दछन ।
भन्न लाई नेपाल कृर्षी प्रधान देश भनिन्छ तर के आधार मा कृर्षी प्रधान देश भनियो यसको कसै सग ठोस जवाफ छैन । कृषी मा आधारित सबै बस्तु छिमेकी मित्र राष्ट्र भारत बाट निर्यात गर्नु पर्ने अवस्था मा नेपाल कृषी प्रधान देश भन्नु नेपाली का लागी बिडम्बना नै मान्नु पर्दछ ।
नेपाल एउटा पनि खाध वस्तुमा आत्मनिर्भर बन्न सकेको छैन । छिमेकी मुलुक भारत बाट तरकारी तथा खाध वस्तुमा निर्भर बन्नु परेको भन्सार तथ्याङ्क बाट नै स्पष्ट हुन्छ । पछिल्ला वर्षहरुमा मुलुक भित्र खाध वस्तुको माग बढदै गएको र उत्पादन घटदै जादा आयात मा निर्भर हुनु परेको हो । नेपाल व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र को तथ्याङ्क हेर्दा नेपालमा खाध तथा तरकारी र फलफुल जन्य वस्तुहरु को आयात डर लाग्दो रुपमा बढदै गएको छ ।छिमेकी मुलुक भारत बाट खाध तथा तरकारी र फलफुल जन्य वस्तु नेपाल आयात नहुने हो भने नेपाल मा खाध संकट उत्पन्न हुने स्थिती देखिएको छ । भैरहवा भन्सार कार्यालय को तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७।०७८ मा खाधान्न १७ अर्ब ४९ करोड,४३ लाख,९६हजार र तरकारी जन्य वस्तु ५ अर्ब ३३ करोड ३ लाख ८२ हजार मुल्य बराबर को आयात भएको छ ।
नेपालमा पछिल्लो समय उत्पादन मा जोड दिन छाडिएको छ । जमिन बाँझो छाडने प्रवृती बढदै जानु, परम्परागत प्रणाली बाट कृषी गरिनु , शहरीकरण बढदै जानु,मानिसहरुमा अल्छीपन बढनु, लगायतका कराण ले नेपाल को कृषी उत्पादन घटदै गइरहेको छ । भारत बाट खाध तथा तरकारीजन्य वस्तु आयात नहुने हो भने नेपालमा यसको हाहाकार हुने अवस्था आउने कृषी विज्ञ बताउछन ।कोरोना महामारी का बिचमा सिमा नाका मा मानिस आवत जावत मा प्रतिबन्ध लगाइए पनि खाध तथा तरकारी र फलफुल जन्य वस्तु आयातमा कुनै प्रतिबन्ध लगाइएको थिएन ।जसका कारण नेपालमा यि वस्तुको अभाव हुन पाएको थिएन। नेपालका किसान ले जति बेला धान र गहु को खेती सुरु गर्ने समय हुन्छ । त्यक्ती नै बेला मलको हाहाकार हुने गर्दछ। मल को हाहाकार हुदा नेपाली किसान छिमेकी मुलुक भारत बजार मा पुगेर मल खरिद गर्न बाध्य हुने गर्दछन।
किसान ले भारतीय बजार पुगेर किनेको मल खाद तस्करी भएको भन्दै स्थानिय प्रहरी प्रशासन ले जफत गर्ने गर्दा नेपाली किसान झन मारमा पर्ने गरेका छन ।






