देउवा, दाहाल र नेपाललाई ओलीको प्रश्न ः लिम्पियाधुरा, लिपुलेक र कालापानी कसको हो ?

२०७९ भाद्र ७, मंगलवार
पढ्ने समय : 2 मिनेट

भदौ ७, ्
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाल हो भनेर भन्न सत्तारुढ दलका नेताहरु डराएको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामै लिएर सो भूमि नेपालीको हो भनेर चुँइक्क बोल्न नसकेको बताए । सोमबार ललितपुरमा आयोजित विभिन्न पार्टीबाट आएका नेता, कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्यक्रममा बोल्दै उनले एमाले ले भने सो जमिन समावेश गरेर नेपालको नक्सा जारी गर्ने काम गरेको स्पष्ट पारे । नेपालले १४६ वर्षदेखि भोगचलन गर्दै आएको जमिन ६० वर्षअघि खोसेर लगेको उनले बताए ।
१४६ वर्षदेखि हामीले भोगचलन गरेको जमिन ६० वर्ष अगाडि हाम्रो हातबाट खोसेर अरुले नै लगेको रहेछ । त्यो जमिन फिर्ता ल्याउन कसैले आवाज उठाउँदैन, बोल्दैन । नेकपा एमाले बोल्यो, हामी बोल्यौं । र, हामीले नक्सा जारी ग¥यौं । संविधानमा त्यसलाई समेट्यौं । र, हामीले पत्राचार ग¥यौँ भारतलाई–यो हाम्रो हामीलाई दिनुस् । म सुन्छु–यो कुरा भारतलाई मन परेको छैन रे । भारतलाई मन पर्छ कि पर्दैन होइन । भारतलाई मन पर्न पर्छ,’ उनले भने ।

नेपालले आफ्नै जमिन फिर्ता मागेको पनि ओलीको भनाइ थियो । उनले अगाडि भने, ‘नेपालले आफ्नो जमिन फिर्ता मागेर हामी अरुको जमिनमा दाबी गरिरहेका छैनौं । हामी आफ्नो जमिन फिर्ता मागिराखेका छौं । त्यत्ति पनि मन नपाउने ? त्यस्तो पनि हुन्छ ? त्यसकारण यो मन पराउनुपर्छ, फिर्ता गर्नुपर्छ यिनीहरुले लिम्पियाधुरा, लिपुलेक, कालापानी भनेर भन्न बोल्न सक्छन ? म शेरबहादुर देउवाजीलाई सोध्न चाहन्छु–सम्माननीय प्रधानमन्त्रीजी, तपाईको भूमि, तपाईको पश्चिमको नक्सा, तपाईको प्रदेशको नक्सा, तपाईको जिल्ला भन्दा एकजिल्ला पर्तेरको नक्सा, दार्चुलाको नक्सा त्यहाँ लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको होकि होइन ? त्यहीँ ठाउँको मान्छे, तपाईँले त डाँडामा उभिएर पनि हेर्नु भएको छ । ल, भन्नुस् त्यो हो कि होइन ? बोल्नुहुन्न उहाँ । महान क्रान्तिकारी, अनेक तमासा गर्ने प्रचण्डजी, लिम्पियाधुरा, लिपुलेक, कालापानी कसेको हो भन्नुस् ? अस्ति जाँदा पनि चुँइक्क बोल्नु भएन इन्डियामा ? चुँइक्क बोल्नु भएन । बोल्नुस । माधव नेपाल भन्ने अर्को हुनुहुन्छ फेरि । उहाँ बोल्नुस । कसको हो, लिम्पियाधुरा, लिपुलेक, कालापानी ?’

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले राजनीतिलाई दुश्मनीको विषय बनाएको भन्दै आपत्ति जनाए । ओलीले मुलुकलाई बर्बाद हुनबाट बचाउन आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाउनुपर्ने दाबी पनि गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय