साउन ३१
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चीन प्रस्थान गरेका छन्। एयर चाइनाको सीए४३८ उडानबाट उनी आइतबार १२ः४५ बजे चीनको छेन्दु प्रस्थान गरेका हुन्। स्रोतका अनुसार प्रकाण्ड चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन गएका हुन्।
ललितपुर जिल्ला अदालतबाट केही दिनअघि मात्र उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। उनीविरुद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा र हातहतियार तथा विस्फोटक पदार्थसम्बन्धी कसुरको मुद्दा लागेको भन्दै ३५ दिने पक्राउ पुर्जी जारी भएको हो।



गत साउन १६ गते पक्राउ पुर्जी जारी भए पनि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै चीन उडेका छन्।
एमसीसी पारित हुन नदिन सडक आन्दोलनमा उत्रिएका प्रकाण्डले चीन भ्रमण गर्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ।



