भारतीय राजदूत श्रीवास्तव र माधव नेपाल बीच भेटवार्ता

२०७९ असार १९, आईतवार
पढ्ने समय : < 1 मिनेट

असार १९
नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । राष्टपति विद्यादेवी भण्डारीसमक्ष ओहादाको प्रमाणपत्र बुझाएपछि राजदूत श्रीवास्तवले पहिलो भेटवार्ता प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेका थिए । त्यसपछि उनको दोस्रो भेट माधव नेपालसँग गरेका हुन् ।
राजदूत श्रीवास्तवसँगको भेटवार्ताबारे जानकारी दिँदै अध्यक्ष नेपालले फेशबुकमा लेखेका छन–

“नवनियुक्त भारतीय राजदूत महामहिम नवीन श्रीवास्तव शनिबार वेलुकी शिष्टाचार भेटका निम्ति नीजि निवास कोटेश्वरमा आउनुभयो । उहालाई नेपालमा स्वागत गर्दै उहाको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरियो । भेटमा नेपाल भारत–सम्बन्ध र अहिले हाम्रो समाजमा भोगिरहेका समस्याका विविध विषयमा कुराकानी भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय