भारतीय सेना प्रमुख नेपाल आउँदै

२०७९ असार ९, बिहीबार
पढ्ने समय : < 1 मिनेट

असार ९

भारतीय सेनाका प्रमुख मनोज पाण्डे आगामी अगस्त महिनामा नेपाल आउने भएका छन् । नेपालको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले नेपाल भ्रमणका क्रममा पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ सेना प्रमुख पदबाट सम्मानित गर्ने उल्लेख गरेका छन् । । यस्तो उपाधि पाउने उनी भारतका २९ औँ सेना प्रमुख हुनेछन् ।
‘भारतीय सेनाबाट पाण्डे अगस्तमा आउने जानकारी प्राप्त भएको छ । उनी आउने मिति र भ्रमणको कार्यतालिका तय गर्ने काम भइरहेको छ । यो भ्रमण पाण्डेलाई मानार्थ सेनापति पदबाट सम्मानित गर्नेमा केन्द्रित रहनेछ । नेपाल र भारतबीच यो परम्परा लामो समयदेखि चल्दै आएको छ,’ स्रोतले समाचार एजेन्सीलाई भनेको छ ।

सोमबार मात्र भारतका लागि नेपालका राजदूत डा शङ्करप्रसाद शर्माले भारतीय सेना प्रमुखसँग छलफल गरेका थिए । सोमबार ट्वीट गर्दै उनले यसबारे जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय