असार ५
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले भारतको उत्तर प्रदेश बिहारलगायतका प्रदेशसँग सांस्कृतिक सम्बन्धको थलो का रुपमा विकास गर्दै लैजाने बताएका छन्। भारतसँग रोटी बेटीको मात्र सम्बन्ध नभइ एक आपसको सांस्कृतिका सम्बन्धलाई अझ प्रगाढ बनाउदै लैजानु पर्नेमा उनले जोड दिए।
लुम्बिनी प्रदेशको कानुन बालबालिका, महिला ज्येष्ठ नागरिक मन्त्रालय र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा शिक्षा तथा संस्कृति प्रवर्द्धन केन्द्र र अवधि सांस्कृतिक विकास परिषद् कपिलवस्तुको संयोजनमा कपिलस्तुको तौलिहवामा भएको द्धितीय अन्तर्राष्ट्रिय अवधी सम्मेलनको
उदघाटन गर्दै मुख्य मन्त्री केसीले सो कुरा बताएका हुन्।



‘भारतसँग रोटी बेटीको मात्र होइन अब सांस्कृतिक सम्बन्धलाई अझ दरिलोरुपमा लैजान पर्छ’ उनले भने। मुख्यमन्त्री केसीले प्रदेश भित्र रहेको भाषा, संस्कृति कलाको विकास, संरक्षण र प्रवर्द्धनका लागि बहु सांस्कृति संग्रहालय स्थापना गरिने बताएका छन्।
बहु भाषा, संस्कृति कला लगायतका कुरामा प्रदेश धनी रहेको भन्दै त्यसको विकासका लागि बहु सांस्कृतिक संग्रहालय स्थापना गर्ने प्रदेशको योजना रहेको उनले बताए। ‘स्थापना हुने सांस्कृति संग्रालयले प्रदेश भित्र रहेको सबै भाषा कला सांकृतिको विकास र संरक्षणमा मद्दत मिल्छ’ उनले भने।
प्रदेशका ३ स्थानमा बहु प्रतिष्ठान खोल्ने योजना रहेको उनले बताए। अवध, थारु र मग्रात बहु प्रतिष्ठान खोलेर ती भाषाका सांस्कृतिको अध्ययन, अनुसन्धान, विकास संरक्षण गरिने उनले बताए। भाषा र संस्कृति मुख्य पहिचान भएकाले यसको जर्गेना गर्नु पर्ने उनले बताए।
कला संस्कृति धार्मिक स्थलले धनी रहेको प्राचिन कपिलवस्तुमा गरिएको यो सम्मेननले अवधी भाषा संस्कृतिको मात्र नभै बहु जातिको भाषा संस्कृतिको विकास मा टेवा पु¥याउने उनले बताए।
सो अवसरमा मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्तले अवधी भाषा संस्कृतिको विकास संरक्षण र प्रवर्द्धनका लागि गरिएको यो सम्मेलनले भूमिका खेल्ने बताए। उनले अवधी भाषा संस्कृतिको विकासमा तीनै तहका सरकारले ठोस योजनासहित लगानी गर्नु पर्ने बताए।यस्तै कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले बुद्धको क्रिडास्थल प्राचिन कपिलवस्तुमा गरिएको यो सम्मेलनले अवधी भाषा संस्कृतिको जर्गेना गर्न सघाउने बताए। उनले कपिलवस्तु नगरपालिका भित्र रहेको बुद्धसँग सम्बन्धित स्थलको अवलोकन गरी आ–आफ्नो क्षेत्रमा प्रचार÷प्रसार गर्न अपिल समेत गरे।
सो अवसरमा मुख्य मन्त्री केसीले भारतका वरिष्ठ साहित्यकारहरुद्वारा रचित २ कृतिहरुको विमोचन समेत गरेका थिए। त्यस्तै डाक्टर योगेशचन्द्र दुबेद्वारा रचित ‘बनबासी’ र डाक्टर कृष्ण चुर्तबेदीले लेखेको ‘अहिवार्त’ नामक कृति विमोचन गरिएको थियो। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ले निकालेको पुस्तक र प्रतिवेदन मुख्य मन्त्री केसीलाई हस्तान्तरण गरिएको थियो।
शिक्षा तथा सांस्कृतिक प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश शर्माको अध्यक्षता, बिक्रममणी त्रिपाठीको संचालनमा भएको उदघाटन सत्रमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप कुलपति हरिहर शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका जगतमान गुरुङ, प्रदेश योजना आयोगका बामदेव क्षेत्री, डाक्टर योगेन्द्रकुमार त्रिपाठी, श्यामप्रसाद तमुड प्राध्यापक शिशिर पाण्डेय, डाक्टर रामबहादुर मिश्रा लगायतले अवधी भाषाको संरक्षण र प्रवर्द्धनका विषयमा मन्तव्य दिएका थिए।
सम्मेलनको पहिलो दिन अवधी भाषा साहित्य र कला लगायतका विषयमा विभिन्न ५ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो। २ दिनसम्म चल्ने सम्मेलनमा भारतका विभिन्न स्थानबाट २ दर्जन बढी साहित्यकार र कलाकार सहभागी छन्।



