चैत २६
चीनले उच्च गुणस्तरीय विकास र उच्चस्तरीय खुलापनका उपलब्धिहरु मार्फत् नेपालसँग साझेदारीका लागि तत्पर रहेको बताएको छ । प्रधानमन्त्री बालेन्द्र शाहसँग चिनियाँ राजदूत चाङ माओमिङले भेटेपछि चिनियाँ दूतावासले जनाएको औपचारिक जानकारीमा उक्त आशावादिता जनाइएको उल्लेख छ ।
लेखिएको छ, ‘नेपालमा रहेको कूटनीतिक समुदायसहित प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटघाट गर्न पाउँदा सम्मानित महसुस भयो । चीनको उच्च गुणस्तरीय विकास र उच्चस्तरीय खुलापनका उपलब्धिहरू नेपालसँग साझेदारी गर्न हामी तत्पर छौं । हाम्रो गहिरिँदो रणनीतिक साझेदारी–विशेषगरी विकास सहकार्य मार्फत दुवै देशका जनताले लाभ उठाउने विश्वास लिएका छौं ।’






