लुम्बिनी स्थित चिनिया चोङ्ग हुवा बौद्ध बिहार समाज सेवामा अग्रसर

२०८२ फाल्गुन २९, शुक्रबार
पढ्ने समय : 2 मिनेट

भैरहवा फागुन २९
लुम्बिनी स्थित चिनिया चोङ्ग हुवा बौद्ध बिहारले रुपन्देहीका विभिन्न सरकारी अस्पताल तथा विधालयहरुमा माक्स वितरण गरेको छ।
नेपाल–चीन मैत्री समाज लुम्बिनीको समन्वयमा उक्त विहारले भीम अस्पताल, र लुम्विनी प्राथमिक स्वास्थ्य केन्द्र, लुम्विनीलाई १२÷१२ हजार थान मास्क हस्तान्तरण गरेको छ ।


रुपन्देहीको भैरहवा स्थित भीम अस्पताल विकास समितिका अध्यक्ष डा अनन्तकुमार शर्मा, अस्पताल प्रमुख डा वर्षा थापालाई लुम्बिनीस्थित चोङ्ग हुवा बौद्ध विहारको टोलीले माक्स हस्तान्तरण गरेको थियो । सो अवसरमा अस्पताल प्रमुख डा वर्षा थापाले अस्पताललाई सहयोग गरेको भन्दै बिहार प्रति आभार व्यक्त गरेकी छन। डा.थापाले अस्पतालको सेवालाई अझ गुणस्तरीय बनाउनका लागी बिहार सग सहयोगको अपेक्षा राखिएको बताइन।

नेपाल चिन मैत्री समाजका अध्यक्ष मनिष कुमार जोशीले बौद्ध बिहार र अस्पताल बीचको सहकार्यमा आगामी दिनमा पनि योजना सहित सहयोग गर्ने बताएका छन । अध्यक्ष जोशीले आगामी दिनमा शिक्षा,स्वास्थ्य क्षेत्रमा काम अगाडी बढाउने बताएका छन।

यसै गरी बिहारले लुम्बिनी प्रेस क्लब,रुपन्देही लीलाराम न्यौपाने मा.वि,बेलहिया मा.वि,भैरहवा मा.वि.भानु मा.वि.लगायतका विधालयहरु लाई १ हजार २ सय थान माक्स वितरण गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय