भैरहवा पुस १५
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) एवं संविधान सभा सदस्य इश्तियाक अहमद खाँले तमु ल्होसार पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई मजबुत बनाएको जनाएका छन्।
तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै उनले नयाँ वर्षको रुपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गरेको जनाए।
मेयर खाँले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ–‘यो पर्वले नेपालीबीच आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रुपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई उर्जा प्रदान गर्न सकोस्।’










