प्रथम भैरव नकआउट फुटबल ः भैरव युवा क्लब फाइनलमा

२०८२ मंसिर २६, बिहीबार
पढ्ने समय : < 1 मिनेट

भैरहवा मसिर २५
सिद्धार्थनगर–१, पक्लिहवामा जारी ‘प्रथम भैरव नकआउट फुटबल प्रतियोगिता’मा बिहीवार भएको दोस्रो सेमिफाइनल खेलमा भैरव युवा क्लव रामग्राम, नवलपरासी विजयी हुँदै प्रतियोगिताको फाइनलमा पुगेको छ ।
पक्लिहवा माविको खेल मैदानमा बुद्ध युवा क्लव ठुटिपिपल ओमसतिया, रुपन्देहीलाई पराजित गर्दै भैरव क्लव फाइनलमा पुगेको हो। भैरव युवा क्लव २–० गोलले बिजयी भएको हो । निर्धारित ७० मिनेटको खेलमा ३२ औं मिनेटमा भैरवका खेलाडी अनुज गैरेले पहिलो गोल प्रहार गरेका थिए । भने, उक्त क्लवकै खेलाडी मनिष थारुले मध्यान्तर हुनु अघि दिइएको अतिरिक्त २ मिनेटको समयमा अर्को गोल प्रहार गर्न सफल भएका थिए ।


बुद्ध युवा क्लवको तर्फबाट गोलका धेरै पटक प्रयास सफल हुन सकेन । बुद्धले गोल गर्ने चार–पाँचवटा अवसर प्राप्त गरेको भए पनि गुमाएको थियो । बिहीवारको खेलमा भैरव क्लवका मनिष थापा म्यान अफ द म्याच भइ २ हजार ५ सय रुपैयाँ नगद प्राप्त गरे । भैरवका सुजल अर्याल र बुद्धका सन्दिप केसीलाई रेफ्रीले पहेँलो कार्ड देखाएका थिए ।
बिहीवारको जितसँगै भैरव युवा क्लव प्रतियोगिताको सम्पूर्ण युवा क्लव सुपौली तिलोत्तमा रुपन्देहीसँग फाइनलमा उपाधिका लागि प्रतिष्पर्धा गर्ने छ । सम्पूर्णले बुधवार मोनस्टर गाइज सुनवल नवलपरासीलाई ट्राइब्रेकरको आधारमा पराजित गर्दै फाइनलमा पुगेको थियो ।आयोजक भैरव युवा क्लव सिद्धार्थनगर नपा–१ नयाँ गाउँ, रानी गाउँका अध्यक्ष यामबहादुर थापाले फाइनल यही शनिवार हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय