साउन १
रसुवागढीमा बेलिवृज राख्नेबारे नेपाल र चीन सरकारबिच सहमति भएको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा चीनका राजदूत चेन सोङसँग दसैँअघि बेलिब्रिज जडान गर्ने सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।‘आज नेपालका लागि चिनियाँ राजदूत चेन सोङसँग छलफल भएको थियो ।
स्याफ्रुबेँसी–रसुवागढी सडक मर्मतको काम अन्तिम चरणमा पुगेको छ । सडक भोलि (शुक्रबार) भित्र खुलाउने गरी काम भइरहेको सडक विभागले जनाएको छ ।
सडक विभागका सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय प्रमुख तथा सुपरिटेन्डेन इन्जिनियर शुभराज न्यौपानेले शुक्रबारदेखि खुल्ने जानकारी दिए । ‘लिङलिङको एउटा प्वाइन्ट बाँकी छ । अरू सबै ठाउँमा वान वे ट्रयाक खुलिसक्यो । अब त्यो ठाउँमा ५० मिटर सडक अलिकति क्रिटिकल छ । माथि पहिरो छ, तल खोलाले हानेको छ । त्यो बाटो खोल्न बाँकी छ । अरू खुलिसकेको छ । ’उनका अनुसार स्याफ्रुबेँसी बाट रसुवागढीसम्मको १६ किमी सडकमध्ये रसुवागढी, टिमुरे, लिङलिङ र रोंगा क्षेत्रमा करिब १.१ किमी सडकमा बाढीले क्षति गरेको थियो । यो सबै मर्मत भइसकेको जनाइएको छ ।रसुवाको भोटेकोसी नदीमा आएको बाढीले स्याफ्रुबेंसी–रसुवागढी सडक खण्ड बगाएपछि चीनसँगको व्यापारिक नाका ९ दिनदेखि ठप्प छ । असार २४ गते आएको बाढीले करिब १ किलोमिटर सडक बगाउँदा टिमुरे र रसुवागढीबिचको सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो ।






