उत्तराधिकारी तोकिने दलाई लामाको अभिव्यक्तिप्रति चीनको आपत्ति

२०८२ असार १९, बिहीबार
पढ्ने समय : < 1 मिनेट

असार १९
तिब्बती बौद्ध धर्म गुरु दलाई लामाले उनको मृत्युपछि पनि उत्तराधिकारी तोकिने बताएकोमा चीनले आपत्ति जनाएको छ ।
भारतमा निर्वासनमा रहेका दलाई लामाको उक्त भनाइपछि चिनियाँ विदेश मन्त्रालयले लामाको पुर्नजन्मका लागि चीन सरकारको अनुमति आवश्यक रहेको प्रतिक्रिया दिएको हो। साथै चीनले दलाई लामाको उत्तराधिकारी चयन गर्ने प्रक्रियामा चिनियाँ कानून र नियमहरुका साथै धार्मिक अनुष्ठान एवं ऐतिहासिक परम्पराको समेत पालना हुनुपर्ने बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले दलाई लामाको उत्तराधिकारीको पहिचान चिठ्ठाको माध्यमबाट हुनुपर्ने जनाएको बीबीसीले जनाएको छ ।
सुनौलो कलसबाट चिठ्ठा निकालेर दलाई लामाको उत्तराधिकारी चयन गरिनुपर्ने मन्त्रालयको तर्क छ ।
सन् १९७२ मा शुरु भएको उक्त प्रथाअनुसार नै पछिल्लो पटक लामा गुरुहरु चयन गरिएका थिए ।
तर, आलोचकहरुले भने चिनियाँ अधिकारीहरुले यस प्रक्रियामा गोलमाल गर्ने गरेको आरोप लगाउँदै आएका छन् ।

चीनले यस्ता आरोपलाई खण्डन गर्दै आएको छ र यस प्रथालाई तिब्बती बौद्ध धर्मको अद्वितिय रुप भन्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय