नेपाल–भारतबिच राजनीतिक मात्र होइन, भावनात्मक सम्बन्ध पनि छ–मुख्यमन्त्री शाह

२०८२ बैशाख २०, शनिबार
पढ्ने समय : < 1 मिनेट

वैशाख २०
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल–भारतबिचको सम्बन्ध केवल राजनीतिक सम्बन्ध नभएर भावनात्मक र सांस्कृतिक सम्बन्ध रहेको बताएका छन् ।
शनिबार भारत उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँगको भेटघाटमा उनले दुवै देशको परम्परा, रीतिरिवाज, भाषा, रहनसहनमा समानता रहेको र यसलाई त्यसैगरी बढाउनुपर्ने धारणा राखेका हुन् ।

उत्तराखण्डका मुख्यमन्त्री धामीले पनि वर्षौँदेखि नेपाल र भारतबिच रहेको आपसी एकता र विश्वासलाई अझ मजबुत बनाउँदै भाइचाराको सम्बन्ध झन् बलियो बनाउनुपर्नेमा जोड दिएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री शाहले त्यहाँका कृषिमन्त्री गणेश जोशी, पर्यटनमन्त्री सतपाल महराज, वनमन्त्री सुवोध उनियाललगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । उनीहरूसँग पनि दुई देशबिचको कृषि, पर्यटनलगायत विभिन्न विषयमा कुराकानी भएको बताइएको छ ।
पर्यटन प्रवद्र्धनले रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जनका साथै राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने भएकाले भारतको तर्फबाट यसमा सहयोग रहने विश्वास मुख्यमन्त्री शाहले लिएको सचिवालयले बताएको छ ।
नेपालको भौगोलिक अवस्था र आधुनिक कृषिबारे पनि त्यहाँका कृषि मन्त्री गणेश जोशीसँग मुख्यमन्त्री शाहले कुराकानी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय