चैत २३
श्रीलंकाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ’श्रीलंका मित्र विभूषण’ ले सम्मान गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार श्रीलंकाका राष्ट्रपति कुमारा अनुरा दिसानायकेले मोदीलाई सो सम्मान दिएका हुन्।
उनले भने, ‘सन् २००८ मा सुरु भएको यो प्रतिष्ठित पुरस्कार विदेशी सरकार प्रमुखहरूलाई उनीहरूको मित्रताको लागि दिइन्छ। प्रधानमन्त्री मोदी यो सम्मानको हकदार छन्।यस सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै प्रधानमन्त्री मोदीले यो आफ्ना लागि मात्र नभएर १४० करोड भारतीयकै सम्मान भएको बताए।
उनले भने, ‘यो भारत र श्रीलंकाका जनताबीचको ऐतिहासिक सम्बन्ध र गहिरो मित्रताका लागि सम्मान हो।’
’श्रीलंका मित्र विभूषण’को चिह्नमा ’धम्म चक्र’ कुँदिएको छ, जुन भारत र श्रीलंकाको साझा बौद्ध सम्पदाको प्रतीक हो।
प्रधानमन्त्री मोदीको श्रीलंका भ्रमणका क्रममा दुई देशबीच रक्षा, ऊर्जा, व्यापार र कनेक्टिभिटीसम्बन्धी सम्झौताहरूमा हस्ताक्षर भएको छ।
थाइल्यान्डमा बिमस्टेक सम्मेलनमा भाग लिएपछि मोदी शुक्रबार श्रीलंका पुगेका हुन्।






