मोदी–ओली भेटपछि भारतले भन्योः नेपाल भारतको उच्च प्राथमिकतामा छ

२०८१ चैत्र २१, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

 

चैत २२

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंकक पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच साइडलाइन भेट भएको छ। भेटपछि दुवै देशका प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत खुसी साटेका छन्।
भारतले भने एक बक्तव्य नै जारी गरेर भेटबारे थप जानकारी दिएको छ। भारतले तीन बुँदामा छलफल भएको बताएको छ।
’छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा रहेको साझेदार हो,’ भारतले भनेको छ, ’यो बैठकले दुई देशबीच नियमित रुपमा हुने उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको छ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय