भूकम्पपीडित म्यानमारमा भारतको ११८ सदस्यीय स्वास्थ्य टोली परिचालन

२०८१ चैत्र १७, सोमबार
पढ्ने समय : < 1 मिनेट

चैत्र १८
भारतले भूकम्पले प्रभावित म्यानमारमा मानवीय सहयोगस्वरूप विशेष मेडिकल टास्क फोर्स खटाएको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, ’शत्रुजित ब्रिगेड’ अन्तर्गतको ११८ सदस्यीय मेडिकल टोली अत्यावश्यक स्वास्थ्य सामाग्री र उपकरणसहित म्यानमार प्रस्थान गरेको हो।
‘एयरबोर्न एन्जल्स टास्क फोर्स’ नाम दिइएको उक्त टोलीले प्रकोप प्रभावित क्षेत्रमा उन्नत स्तरको चिकित्सा तथा शल्यक्रिया सेवा प्रदान गर्नेछ। घाइतेहरूको तत्काल उपचारका लागि ६० शैयाको अस्थायी चिकित्सा केन्द्र पनि स्थापना गरिनेछ।
भारतीय सेनाले विपद् व्यवस्थापनमा देखाएको तत्परताले छिमेकी राष्ट्रप्रतिको मानवीय समर्पण र दायित्वबोध झल्काएको छ। यो टोलीले म्यानमारमा जारी संकटका बीच स्थानीय बासिन्दालाई जीवनरक्षक सहयोग पु¥याउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय