भारतले बढायो नेपाललाई दिने अनुदान, नेपालले ७ सय करोड भारतीय रुपैया अनुदान पाउने

२०८१ श्रावण ९, बुधबार
पढ्ने समय : < 1 मिनेट

साउन ९
भारत सरकारले नेपाललाई दिँदै आएको अनुदान बढाएको छ। आर्थिक वर्ष २०२४र०२५ का लागि ७ सय करोड भारतीय रुपैयाँ अनुदान दिने घोषणा भारतले गरेको हो।
मंगलबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्षभन्दा ५० करोड भारतीय रुपैयाँ बढी अनुदान दिने उल्लेख छ।
चालु आवमा भारतले नेपाललाई भारतले ६ सय ५० करोड भारतीय रुपैया उपलब्ध गराउने संशोधित अनुमान छ।
भारतले भुटानलाई २ हजार ६८ करोड, मालदिभ्सलाई ४ सय करोड, म्यानमारलाई २ सय ५० करोड, श्रीलंकालाई २ सय ४५ करोड, अफगानिस्तानलाई २ सय करोड, बंगलादेशलाई १ सय २० करोड, अफ्रिकी मुलुकहरूलाई २ सय करोड र मंगलोलियालाई ५ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय