चिनियाँ लगानीमा विराटनगरमै विद्युतीय गाडी बनाइने, पहिलो चरणमा ३ अर्बको लगानी सम्झौता

२०८१ बैशाख १७, सोमबार
पढ्ने समय : < 1 मिनेट

बैशाख १७
चिनियाँ लगानीमा विराटनगरमा विद्युतीय गाडी नेपालमै बनाउने सम्झौता भएको छ।

कोशी एनके मोटर्स र चिनियाँ कम्पनी सिमेन गोल्ड ड्रागन अटो बडी को लिमिटेडबीच सम्झौता भएको हो।

शैक्षिक क्षेत्रमा लगानी गरेका टिकाराम पुरीको कम्पनीले नेपालमा गाडी उत्पादन गर्न चिनियाँहरुसंग समझदारी गरेको छ।

नेपालमा चारपांग्रे गाडी उत्पादन गर्ने बताइएको छ। चीनमा भएको सम्झौतामा पहिलो चरणमा ३ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय