मंसिर ३०



उगाण्डामा हुन लागेको असंलग्न राष्ट्रहरुको १९ औं सम्मेलनमा सहभागी हुने विशिष्ट पाहुनाको निम्ति चीनले ७० वटा गाडी प्रदान गरेको छ । पूर्वी अफ्रिकी मुलुक उगाण्डाको राजधानी कम्पालामा आगामी जनवरी महिनामा हुने सम्मेलनको निम्ति चीनले सवारी साधन उपलब्ध गराएर सहयोग गरेको बताइएको छ ।
चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार उगाण्डाका लागि चिनियाँ राजदूत चाङ लिचोङले उक्त गाडी त्यहाँका सरकारी अधिकारीहरुलाई हस्तान्तरण गरेका छन् । राजदूत चाङका अनुसार चीनले उगाण्डालाई गर्दै आएको निरन्तर सहयोगको पछिल्लो उदाहरण हो ।
सम्मेलनमा विश्वका १२० राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखले भाग लिँदैछन् । सोही क्रममा त्यहाँ आयोजना गरिने दक्षिण सम्मेलनमा पनि १३४ मुलुकका सरकार तथा राष्ट्र प्रमुखले भाग लिने बताइएको छ ।



