चीनका लागि जासुसी गरेको भन्दै दुई अमेरिकी नौसेना पक्राउ

२०८० श्रावण १९, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

साउन १९,
चीनका लागि जासुसी गरेको आरोपमा संयुक्त राज्य अमेरिकाका दुई नौसेनालाई पक्राउ गरिएको छ। उनीहरुले अमेरिकी सेनाको संवेदनशील दस्तावेज चीनलाई दिएको आरोप लागेको छ।

अमेरिकी नागरिक नै रहेका २२ वर्षिय जिन्चाओ वेइ र २६ वर्षीय वेनहेङ झाओलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ। जिन्चाओले राष्ट्रिय सुरक्षासम्बन्धी सूचना चिनियाँ एजेन्टलाई दिएको र वेनहेङले संवेदनशील फोटो र भिडियो उपलब्ध गराए वापत पैसा लिएको आरोप लागेको छ।

दुबै नौसेनालाई एकै चिनियाँ एजेन्टलाई दिएको हो कि फरक–फरक हो भन्ने खुल्न नसकेको जनाइएको छ। उनीहरु दुबै जनालाई बुधबार पक्राउ गरिएको हो। वेनहेङलाई चिनियाँ एजेन्टले अमेरिकी नागरिक बन्ने प्रक्रियाका लागि सन् २०२२ को फरवरीमा कुरा भएको खुलेको छ। वेनहेङले फोटो र भिडियो चिनियाँ एजेन्टलाई उपलब्ध गराएवापत हजारौं डलर लिएको जनाइएको छ।

अमेरिकास्थित चिनियाँ दूतावासले भने अमेरिकी सरकार र मिडियाले बारम्बार चिनियाँहरुलाई जासुसी गरेको आरोप लगाउने गरेको भन्दै आलोचना गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय