भुटानलाई डोक्लाममा अडान परिवर्तन गर्न सिसिपीको चर्को दबाब

२०८० बैशाख ४, सोमबार
पढ्ने समय : < 1 मिनेट

नयाँ दिल्लीस्थित विदेश नीति ‘थिङ्क ट्याङ्क’ रेड ल्यान्टर्न एनालिटिकाले भुटानलाई डोक्लाममा आफ्नो अडान परिवर्तन गर्न चिनियाँ कम्युनिष्ट पार्टी (सिसिपी)ले अधिक दबाब दिएको प्रतिवेदन सार्वजनिक गरेको छ।

मैत्री सन्धि लगायत सम्झौता अन्तर्गत् आफ्नो परराष्ट्र नीतिमा भारतसँग समन्वय र सहकार्य गर्न राजी भएको भुटानलाई आफ्नो अडान परिवर्तन गर्न सिसिपीले चर्को दबाब दिइरहेको तथा भुटानका प्रधानमन्त्री लाटे छिरिङले विवादमा भारत, चीन र भुटानको समान सरोकार रहेकाले त्रिपक्षीय छलफल हुनुपर्नेमा जोड दिएको प्रतिवेदनमा उल्लेख छ। डोक्लाम भारत, चीन र भुटानबीचको विवादित क्षेत्र हो।

सन् २०१७ मा सिपिसीको नेतृत्वमा चिनियाँ सेनाले डोक्लाममा अवस्थित सडकलाई दक्षिणतर्फ विस्तार गर्ने प्रयास गरेपछि भारत र चीनबीच विवाद बढेको हो। प्रतिवेदन अनुसार चीनले पूरै डोक्लाम क्षेत्रमाथि आफ्नो दाबी गर्दै आएको छ।भने भारतले ऐतिहासिक सम्झौता र सन्धिको पालनामा जोड दिँदै आएको छ।

‘विवादित क्षेत्रमा पूर्वाधार निर्माणको प्रयास गरेर चीनले भुटानसँगको अनौपचारिक सम्बन्धमा कटुता थप्न चाहेको देखिन्छ तर भुटानले आफ्नो शान्तिवादी अडानमा परिवर्तन नगर्नु भुटानकै निम्ति लाभदायक हुनेछ,’ यो भूराजनीतिक विषयमा चीनबाट प्रभावित नभई थिम्पुले आफ्नो स्पष्ट अडान राख्नुपर्ने प्रतिवेदनमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय