मानसखण्डबारे नेपाल र भारतमा सूचना अभाव छः राजदूत श्रीवास्तव

२०८० बैशाख ४, सोमबार
पढ्ने समय : < 1 मिनेट

वैशाख ४
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारत दुवै देशमा मानसखण्डको सूचना अभाव भएको बताएका छन् ।
नेपाल–भारत मानसखण्ड अन्तर्राष्ट्रिय सम्मेलनमा धनगढीमा बोल्दै श्रीवास्तवले यस्तो बताएका हुन् । दूतावासले केही समय अगाडि बुद्ध, रामदेखि शिव सर्किटको जानकारी पुस्तिका प्रकाशन भएको तर त्यहाँ मानसखण्ड नआएको उनको भनाई थियो ।

उनले नेपाल र भारत जोड्ने थप मोटोरेबल पुलहरू बन्न आवश्यक रहेको बताए।

‘दार्चुला र धार्चुला जोड्ने पुल उद्घाटन भएको छ, दुई वर्षभित्र बन्छ’, श्रीवास्तवले भने, ‘अरु धेरै यस्ता मोटोरेबल पुलहरू आवश्यक छन् ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय