चार्टर उडानबाट १८० जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा भैरहवा र पोखराबाट चीन उडानको लागि पहल गर्न पर्यटनमन्त्रीद्धारा चिनीयाँ राजदूतलाई आग्रह

२०७९ चैत्र ३०, बिहीबार
पढ्ने समय : 2 मिनेट

चैत ३०
कोभिड–१९ को महामारीपछि चीनबाट पहिलो पटक चार्टर उडानबाट १ सय ८० जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन् । हिमालयन एयरलाइन्सको चार्टर उडानबाट आएको पर्यटकको समूहलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती, नेपालका लागि चिनीया राजदूत छेनसोङ र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले स्वागत गर्नु भएको थियो । चीनियाँ पर्यटकलाई विमानस्थलमै खादा माला सहित पञ्जेबाजा बजाएर स्वागत गरिएको थियो ।

पर्यटकलाई स्वागत गर्दै पर्यटनमन्त्री किरातीले चीन नेपालको प्रमुख पर्यटन स्रोत बजार रहेको उल्लेख गर्दै कोभिड महामारीपछि चिनीयाँ पर्यटकलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउनु भयो । नेपाली नयाँ वर्षको पूर्व सन्ध्यामा आएको पर्यटकको समूहलाई स्वागत गर्दै उहाँहरुको नेपाल बसाई सुखद रहोस भनी शुभकामना व्यक्त गर्नु भयो ।

यस्तै मन्त्री र राजदूच सोङबीच विमानस्थलमै भएको भेटवार्ताका क्रममा मन्त्री किरातीले भैरहवा र पोखराबाट चीनसम्म सिधा उडानको लागि आवश्यक सहयोग र पहल गर्न राजदूत लाई आग्रह गर्नु भयो ।

राजदूत सोङ ले नेपाल चिनीयाँ पर्यटकहरुको रोजाईको गन्तव्य भएको बताउँदै नेपालको पर्यटन विकासको लागि चिन सधैं सकारात्मक भएको बताउनु भयो । उहाँले कोभिडपछि चिनीयाँ नागरिकलाई नेपाल भ्रमण खुला गरिएकोले अब नेपाल आउने चिनीयाँ पर्यटकहरुको संख्या क्रमशः बढ्ने बताउन् भयो ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले कोभिड पछि सन २०२३ मा नेपालको पर्यटन लयमा फकिर्दै गएको उल्लेख गर्दै चिनियाँ पर्यटकको आगमनले नेपालको पर्यटन थप चलायमान हुने बताउनु भयो । उहाँले नेपाल चीन सीमानाका रसुवा र तातोपानी नाका बाट आउने पर्यटकलाई नेपाल भ्रमण गराउन पहल गरिदिन चिनीयाँ राजदूत समक्ष आग्रह समेत गर्नु भयो ।

बिहीबार हिमालय एअरलाइन्स्को एच नाइन ७८५ एयरबस ए ३२०–२१४ ले चीनको कुनमिङ चाङ्शुई अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म चार्टर्ड उडानबाट १८० जना चिनियाँ पर्यटकहरू अवतरण गरेको र आगामी चार्टर्ड उडानहरू मार्फत् थप ७०० यात्रुहरूलाई नेपाल ल्याउने योजना रहेको हिमालयन एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो ।

कोभिड–१९ महामारीसँग सम्बन्धित तीन वर्षकोप्रतिबन्धपछि नेपालमा एकै पटक चिनियाँ पर्यटकको यो पहिलो आगमन भएको नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट टी.पी. भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय