चीनमा विदेशी लगानी १८ वर्ष यताकै न्यून

२०७९ फाल्गुन २९, सोमबार
पढ्ने समय : < 1 मिनेट

फागुन २९
चीनमा विदेशी लगानी १८ वर्ष यताकै सबैभन्दा न्यून भएको पाइएको छ । जापान बाट प्रकाशित हुने निक्के एसियाले जनाए अनुसार चीनमा सन् २०२२ को दोस्रो अर्धवार्षिक अवधिमा प्रत्यक्ष विदेशी लगानीमा ७३ प्रतिशतले कमी आएको छ ।
चीनको आधिकारिक तथ्यांक उद्धृत गर्दै निक्के एसियाका अनुसार सन् २०२२ जुलाई देखि डिसेम्बर महिनासम्म चीनमा ४२ अर्ब ५० करोड डलर बराबरको विदेशी लगानी भित्रिएको छ । यो सन् १९९९ यताकै सबैभन्दा न्यून रहेको जनाइएको छ ।

यसैबीच यस अवधिमा चीनबाट अन्य देशमा हुने विदेशी लगानीमा भने २१ प्रतिशतको वृद्धि देखिएको छ । यस अनुसार चीनबाट अन्य मुलुकमा ८४ अर्ब २० करोड डलर बराबरको लगानी भएको छ ।
पछिल्ला केही वर्षमा युरोपबाट चीनमा लगानी लगभग ठप्प रहेको न्यूयोर्कमा रहेको वित्तीय विश्लेषण गर्ने रोडियम समूहले उल्लेख गरेको छ । अन्य कम्पनीहरुले चीनमा आफ्नो लगानी घटाएका छन् । भने केही कम्पनीले चीनमा आफ्नो गतिविधि ठप्प पारेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय