पाकिस्तान भ्रमण गर्ने नेपालीलाई आवश्यक कागजात बोक्नुपर्ने

२०७९ फाल्गुन १४, आईतवार
पढ्ने समय : < 1 मिनेट

फागुन १४
पाकिस्तान भ्रमणमा जाने नेपालीलाई आवश्यक कागजात बोक्न इस्लामावादस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्र्र्दे दूतावासले भारतको बाटो हुँदै पाकिस्तान जाने नेपाली नागरिकलाई आवश्यक भिषा, खोप कार्डलगायत कागजात बोक्न अनुरोध गरेको हो ।
‘भारतको बाटो हुँदै सतह÷ स्थल मार्गबाट पाकिस्तान भ्रमण गर्नुहुने नेपाली नागरिकहरूले यात्रा गर्नुपूर्व आवश्यक भिषा, खोपलगायतका कागजातहरू दुरुस्त नभई यात्रा गर्न नपाउने र यात्राको प्रक्रियामा विलम्ब हुने गरेको स्थितिमा भ्रमणपूर्व नै आवश्यक कागजातहरू दुरुस्त रहेको यकिन गरेर मात्रै भ्रमण गर्न अनुरोध गरिएको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय