प्रचण्ड निस्केलगत्तै ओली भेट्न बालकोट पुगे चिनियाँ राजदूत

२०७९ फाल्गुन ५, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

फागुन ५
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष ओलीलाई भेटेर बालकोटबाट निस्केलगत्तै शुक्रबार अपराह्न ओली भेट्न चिनियाँ राजदूत चेन बालकोट पुगेका हुन् ।
राष्ट्रपति निर्वाचन र सत्ता समीकरणबारे सत्ता साझेदार दल एमाले र माओवादीबीच सहमति जुट्न नसकिरहेका बेला चिनियाँ राजदूतले पूर्व प्रधानमन्त्री समेत रहेका ओलीलाई भेटेका हुन् ।

शुक्रबार प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच २ घण्टाभन्दा बढी भेटवार्ता भएको थियो ।

ओलीसँगको भेटवार्तापछि बालकोटबाट निस्कने क्रममा प्रचण्डले गठबन्धन नछुट्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय